इरानको चेतावनी- होर्मुजको पुरानो व्यवस्था मान्दैनौं, पुनः आक्रमण गरे ट्रम्पले अर्को पराजय व्यहोर्नुपर्नेछ
bishowkhabar.com · Thu Nov 12 07:17:58 UTC 2026

काठमाडौं– इरानले अमेरिका र इजरायलसँगको युद्धपछि होर्मुज जलघाँटीको व्यवस्थापन युद्धअघिको अवस्थामा नफर्कने बताएको छ । इरानी संसद्का अध्यक्ष तथा प्रमुख वार्ताकार मोहम्मद बाघेर गालिबाफले उक्त जलमार्गको निगरानी र व्यवस्थापनबारे इरान र ओमानबीच समझदारी भएको जानकारी दिएका छन् ।
अल जजिरासँगको अन्तर्वार्तामा उनले युद्ध अन्त्यका लागि अमेरिकासमक्ष सातबुँदे प्रस्ताव पठाइएको र कतारमार्फत जवाफको प्रतीक्षा भइरहेको बताए । प्रस्तावमा अमेरिकी नौसैनिक नाकाबन्दी तथा प्रतिबन्ध हटाउने, रोक्का रकम फुकुवा गर्ने, सबै मोर्चामा शत्रुता अन्त्य गर्ने र युद्ध समाप्त भएको औपचारिक घोषणा गर्नुपर्ने सर्त छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)