भेडीगाउँमा गाई मारेको बाघ नियन्त्रणमा लिन सकिएन, डार्ट टोली फर्कियो
gorkhapatraonline.com · Thu Nov 12 07:26:01 UTC 2026

नवलपुर, कात्तिक २६ गते । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–५ भेडीगाउँमा आक्रमण गरी स्थानीयका तीनवटा गाई मारेको बाघ नियन्त्रणमा लिन प्राविधिक टोली असफल भएको छ ।
गत कात्तिक १५ गते छविलाल लामाको हिडन भ्याली एग्रो फार्ममा बाघले आक्रमण गरेको थियो। फार्मका सातवटा गाई नजिकैको बारीमा चरिरहेको अवस्थामा जंगलबाट आएको पाटेबाघले तीनवटा गाईमाथि आक्रमण गरेको थियो। आक्रमणबाट दुईवटा गाई घटनास्थलमै मरेका थिए भने एउटा गाई बाघले लगेर गएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)