मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तिहारमा उपत्यकामा ७८ सवारी दुर्घटना, पाँच जनाको मृत्यु

kendrabindu.com · Thu Nov 12 07:43:59 UTC 2026

काठमाडौं । तिहारको समयमा काठमाडौं उपत्यकामा ७८ वटा सवारी दुर्घटना भएका छन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कात्तिक २१ गतेदेखि २५ गतेसम्मको अवधिमा उक्त दुर्घटना भएका हुन् । दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ ।

उक्त अवधिमा मादक पदार्थ सेवन गरी सवारी चलाउने ५९५ जना र लागुऔषध सेवन गरी सवारी चलाउने १८ जना कारबाहीमा परेका छन् । ट्राफिक नियम उल्लङ्घन गर्ने कुल २ हजार २ सय २१ जनालाई कारबाही गरिएको उपत्यका ट्राफिक कार्यालयले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)