मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चार हजारको लगानीदेखि सफल नर्सरी व्यवसायीसम्म : हरिशरणको ३७ वर्षे हरियाली यात्रा

ajakoartha.com · Thu Nov 12 07:48:00 UTC 2026

मकवानपुर– सडकको छेउमा एउटा टोकरी । टोकरीमा तरकारीका सानासाना बिरुवा थिए । उमेरले किशोरावस्थामै रहनुभएका हरिशरण गौतम विद्यालयबाट फर्किएपछि त्यही टोकरी बोकेर हेटौँडाको सडकपेटीमा पुग्नुहुन्थ्यो । दिउँसो ४ः०० बजे विद्यालय छुट्थ्यो । त्यसपछि उहाँको अर्को पाठशाला सुरु हुन्थ्यो–माटो, बिरुवा र ग्राहकको व्यवहार बुझ्ने पाठशाला ।

त्यो २०४५ सालतिरको कुरा हो । हेटौँडाको राप्ती रोडमा रात्रिकालीन बसहरू चल्थे । सडकमा मानिसको आवतजावत बाक्लिँदै जान्थ्यो । हरिशरण भने द्वारिका र प्रेम श्रेष्ठको घर अगाडि सडकपेटीमा बसेर बिरुवा बेचिरहनुहुन्थ्यो । राति अबेरसम्म ग्राहक पर्खिदै उहाँ समय बिताउनुहुन्थ्यो । जाडो बढ्दा सडकपेटीमै सुतेर बिहान फेरि त्यही काममा फर्किएको नमीठा यादहरु उहाँसँग छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)