मुख्य ठेकेदार सम्पर्कविहीन, करेन्ट लागेका मजदुर बर्न अस्पतालमै अलपत्र
onlinekhabar.com · Thu Nov 12 08:48:01 UTC 2026

२६ कात्तिक, काठमाडौं । कार्यस्थलमा करेन्ट लागेर गम्भीर घाइते इलामका मिलनकुमार नेम्वाङ लिम्बू उपचार पूरा भए पनि घर फर्किन पाएका छैनन् । उपचारमा लागेको खर्च मुख्य ठेकेदारले नतिरेपछि उनी कीर्तिपुरस्थित बर्न अस्पतालमै रोकिएका छन् ।
१० भदौ २०८३ मा ललितपुर कुपन्डोल हाइटमा निर्माणाधीन एक रेस्टुरेन्टमा काम गर्ने क्रममा मिलनलाई करेन्ट लागेको थियो । इन्टिनिटी इन्जिनियरिङ सोलुसन मार्फत काम गरिरहेका उनी छतमा सामान लिन जाने क्रममा नजिकै रहेको हाइभोल्टेज विद्युत् प्रवाह भएको तारको सम्पर्कमा पुगेका थिए । करेन्ट लागेर गम्भीर घाइते भएपछि उनलाई सहकर्मीले उद्धार गरी कीर्तिपुर बर्न अस्पताल पुर्याएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)