रास्वपा सभापति लामिछानेद्वारा भीमफेदी सडक दुर्घटनाप्रति दुःखः व्यक्त
gorkhapatraonline.com · Thu Nov 12 08:55:52 UTC 2026

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले छठ मनाउन घर फर्किदै गरेका सर्वसाधारण सवार यात्रुवाहक सवारीसाधन मकवानपुरको भीमफेदीमा भएको दुर्घटनाप्रति दुःखःव्यक्त गर्नुभएको छ । सभापति लामिछानेले सामाजिक सञ्जालमार्फत शोक सन्देश जारी गर्दै भीमफेदीमा भएको कहालीलाग्दो सडक दुर्घटनामा नागरिकले अकालमै ज्यान गुमाउनुपरेको घटनाले आफूलाई अत्यन्त मर्माहत र स्तब्ध बनाएको बताउनुभएको छ ।
उहाँले भन्नुभएको छ, “एउटै बस्ती र टोलमा पर्न गएको यो अकल्पनीय बज्रपातको पीडा शब्दमा व्यक्त गर्न असम्भव छ । यस दुःखद् घडीमा ज्यान गुमाउनुहुने सम्पूर्ण मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।”
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)