न्युयोर्कमा तीनतले भवन भत्किँदा दुईको मृत्यु, २४ घाइते
kalakarmi.com · Thu Nov 12 09:03:35 UTC 2026

न्युयोर्क- अमेरिकाको न्युयोर्कस्थित ब्रुकलिनमा तीनतले भवन भत्किँदा दुई जनाको मृत्यु भएको छ भने सात बालबालिकासहित १७ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ ।
निर्माणस्थलनजिकै भइरहेको उत्खननका क्रममा भवन भत्किएपछि भग्नावशेषमा फसेकाहरूको उद्धारका लागि २५० भन्दा बढी अग्निनियन्त्रक तथा स्वास्थ्यकर्मी परिचालन गरिएको थियो । उद्धारकार्यमा ड्रोन र खोजी कुकुरसमेत प्रयोग गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)