भोलि पृथ्वी ध्वस्त हुन्छ? 66 वर्ष अघि वैज्ञानिकले गरेको भविष्यवाणीको मिति नजिकिएपछि विश्वभर फेरि बढ्यो चासो !!
barnanmedia.com · Thu Nov 12 09:19:38 UTC 2026

सन् १९६० मा वैज्ञानिकहरूले गरेको एउटा अनौठो भविष्यवाणी अहिले फेरि चर्चामा आएको छ। उनीहरूले सन् २०२६ नोभेम्बर १३ अर्थात् भोलि शुक्रबारका दिन अत्यधिक जनसंख्या वृद्धिका कारण मानव सभ्यता विनाशको खतरामा पुग्न सक्ने अनुमान गरेका थिए। ६६ वर्षअघि गरिएको उक्त भविष्यवाणीको मिति नजिकिएसँगै सामाजिक सञ्जालमा यसबारे चर्चा बढेको छ।
तर अहिलेको वास्तविकता भने उनीहरूको अनुमानभन्दा निकै फरक छ। सन् १९९० को दशकदेखि विश्वको जनसंख्या वृद्धिदर क्रमशः घट्दै गएको छ। जन्मदरमा आएको गिरावटका कारण सन् १९६० मा गरिएको गणितीय प्रक्षेपण वास्तविकतासँग मेल खाएन। त्यसैले भोलि नोभेम्बर १३ मा पृथ्वी ध्वस्त हुने, मानिसहरू समाप्त हुने वा मानव सभ्यता विनाश हुने कुनै वैज्ञानिक आधार छैन। वास्तवमा वैज्ञानिकहरूले पृथ्वी नष्ट हुने निश्चित मिति तोकेका थिएनन्, उनीहरूले तत्कालीन जनसंख्या वृद्धिको प्रवृत्तिका आधारमा एउटा गणितीय अनुमान गरेका थिए। समयसँगै जनसंख्या वृद्धिको अवस्था परिवर्तन भएपछि उक्त अनुमान पनि गलत साबित भयो। ६६ वर्ष पुरानो भविष्यवाणीको मिति भोलि आइपुग्दै गर्दा भने यसले फेरि मानिसहरूको ध्यान खिचेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)