६ वर्षसम्म काम नगर्ने ठेकेदारमाथि सरकारको कडा एक्सन, ८ आयोजनाको ठेक्का तोडिँदै
ajakoartha.com · Thu Nov 12 09:48:00 UTC 2026

काठमाडौं- सार्वजनिक निर्माणका आयोजना वर्षौँसम्म अलपत्र पार्ने निर्माण व्यवसायीमाथि सरकारले कारबाही प्रक्रिया तीव्र बनाएको छ। सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतका काम सन्तोषजनक नभएका र लामो समयदेखि अलपत्र रहेका ८ वटा प्रमुख आयोजनाको ठेक्का सम्झौता तोड्ने प्रक्रिया अघि बढाइएको छ।
मन्त्री निवास, ग्रामीण सडक, सहरी पूर्वाधार तथा सहरी विकाससम्बन्धी आयोजनाको ठेक्का लिएर वर्षौँसम्म काम नगर्ने निर्माण कम्पनीमाथि कारबाही गर्ने तयारीस्वरूप विभागले ठेक्का तोड्ने प्रक्रिया अन्तिम चरणमा पुर्याएको हो। ठेक्का तोडिएपछि सम्बन्धित कम्पनीलाई धरौटी जफत गरी कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाइने जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)