मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कञ्चनपुरमा एक जना मृत भेटिए

onlinekhabar.com · Thu Nov 12 09:54:08 UTC 2026

२६ कात्तिक, धनगढी । कञ्चनपुरमा एक जना मृत भेटिएका छन् । भीमदत्त नगरपालिका–९ बस्ने ५१ वर्षीय देवसिंह कार्की मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर रावतले जानकारी दिए ।

उनकाअनुसार बुधबार घरबाट निस्किएका कार्की मटेनामा रहेको रामटोलस्थित कल्भर्ट नजिकै बिहीबार मृत भेटिएका हुन् । घटनास्थल कार्य सकेर कार्कीको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)