डिजिटल रूपान्तरणमा नेपाल र इस्टोनियाबिच सहकार्य गर्ने विषयमा छलफल
gorkhapatraonline.com · Thu Nov 12 10:37:55 UTC 2026

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना र इस्टोनिया गणतन्त्रकी न्याय तथा डिजिटल मामिलामन्त्री लिजा पाकोस्टाबिच डिजिटल रूपान्तरण तथा विद्युतीय शासनका क्षेत्रमा द्विपक्षीय सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ ।
अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ (आइटियु) को ‘विश्व दूरसञ्चार नीति मञ्च २०२६’ मा सहभागी हुने क्रममा कतारको दोहामा भएको भेटवार्तामा दुवै मन्त्रीबिच डिजिटल सार्वजनिक पूर्वाधार, विद्युतीय शासन प्रणाली, डिजिटल रुपान्तरण, साइबर सुरक्षा तथा संस्थागत क्षमता अभिवृद्धिलगायतका क्षेत्रमा सहकार्य गर्ने सम्भावनाबारे छलफल भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)