मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

फोटोग्राफर भट्टले १० जना साथीसहित रक्तदान गरेर मनाए जन्मदिन

nepalsamaya.com · Thu Nov 12 10:38:44 UTC 2026

काठमाडौं । कञ्चनपुरका प्रसिद्ध फोटोग्राफर डीपी भट्टले आफ्नो जन्मदिन यस वर्ष पनि रक्तदान गरेर मनाएका छन्। उनले आफूसहित अन्य १० जना साथीहरूसँगै नेपाल रेडक्रसलाई रक्तदान गरेर जन्मदिन मनाएका हुन्।

भट्टले २९ वसन्त पार गरी तीसौँ वर्षमा प्रवेश गरेका छन्। प्रत्येक वर्ष जन्मदिनको अवसर पारेर उनी विभिन्न सामाजिक काम गर्दै आइरहेका छन्। मुख्यतः रक्तदान गरेर नै जन्मदिन मनाउने उनको परम्पराले यस वर्ष पनि निरन्तरता पाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)