छठ पर्वमा सहभागी हुन रवि दम्पती जनकपुरधाम जाँदै, सर्वसाधारणको घरमा बस्ने
ratopati.com · Thu Nov 12 11:09:42 UTC 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने छठ पर्वमा सहभागी हुन शनिबार जनकपुरधाम जाने भएका छन् । पत्नी निकिता पौडेलसहित सपरिवार छठ पूजामा सहभागी हुन उनीहरू जनकपुरधाम जान लागेका हुन् ।
धार्मिक यात्राका क्रममा रविकी पत्नी निकिताले गंगासागरमा विशेष पूजा गर्ने सचिवालय सदस्य एवं जनकपुर–३ बाट निर्वाचित सांसद मनिष झाले जानकारी दिए । तीन दिने बसाइका क्रममा रवि दम्पती एक सर्वसाधारणको घरमा बस्ने झाले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)