सिँगारिँदै गङ्गासागरसहित तराईका घाटहरू [भिडियो]
hamrakura.com · Thu Nov 12 00:00:00 UTC 2026

काठमाडौँ। छठ पर्व नजिकिएसँगै जनकपुरधामसहित तराई–मधेसका विभिन्न क्षेत्रका पोखरी, तालतलैया तथा नदी किनारका घाटहरू सिँगार्न थालिएको छ। छठ पर्वको मुख्य केन्द्र मानिने जनकपुरधामका ऐतिहासिक पोखरीहरूमा सरसफाइ, सजावट तथा व्यवस्थापनका काम तीव्र पारिएको हो।
जनकपुरधामस्थित प्रसिद्ध गङ्गासागर पोखरीमा पनि छठ पूजाको तयारी अन्तिम चरणमा पुगेको छ। गङ्गासागरको धार्मिक तथा पर्यटकीय महत्त्वलाई ध्यानमा राख्दै छठ पूजा तयारी समिति र स्थानीय युवाहरू विगत १० दिनदेखि व्यवस्थापनमा जुटेका छन्। गङ्गासागर धर्मशाला भगवान् शिव मन्दिर सेवा समितिका प्रतिनिधिहरूका अनुसार पोखरी परिसरलाई आकर्षक बनाउन सरसफाइसँगै रङरोगनको काम धमाधम भइरहेको छ। पूर्वज तथा गुठी संस्थानले निर्माण गरेको धर्मशाला भवनको गरिमा बढाउने र आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले परिसरलाई विशेष रूपले सिँगारिएको समितिले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)