क्षेत्रीय स्वास्थ्य प्रणाली सबल बनाउन सदस्य राष्ट्रबिच सहकार्य आवश्यक : मन्त्री मेहता
gorkhapatraonline.com · Thu Nov 12 11:18:24 UTC 2026

नेपालले क्षेत्रीय स्वास्थ्य प्रणालीलाई सबल बनाउँदै सङ्क्रामक रोग नियन्त्रणमा जोड दिएको छ।
यस्तै एन्टिमाइक्रोबियल प्रतिरोध न्यूनीकरण र स्वास्थ्य आपतकालीन अवस्थाको पूर्वतयारीमा सदस्य राष्ट्रबिच सहकार्य विस्तार गर्नुपर्नेमा पनि नेपालले जोड दिएको छ। श्रीलंकाको राजधानी कोलम्बोमा आयोजित बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग प्रयास (बिम्स्टेक) को पहिलो स्वास्थ्य मन्त्रीस्तरीय बैठकमा नेपालले क्षेत्रीय स्वास्थ्य सहकार्यलाई प्रभावकारी बनाउने विषयलाई प्राथमिकताका साथ उठाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)