पोखराविरुद्ध विराटनगरको रोमाञ्चक जित, पाेखरा बाहिरियाे
saralpatrika.com · Thu Nov 12 11:02:44 UTC 2026
काठमाडौँ। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किङ्सले चार विकेटको जित निकालेको छ। आज सम्पन्न खेलमा पोखराले दिएको १३३ रनको सामान्य लक्ष्य विराटनगरले १९ दशमलव दुई ओभरमा छ विकेटको क्षतिमा भेट्टायो।
खेलमा बसिर अहमदले ३७, लोकेश बमले ३३ र इमरान शेखले १० रनको योगदान दिए। अविजित रहेका इसुरु उडानाले २५ र शेहान जयसूर्याले १७ रन बनाए।
स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)