मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

विश्व दूरसञ्चार मञ्चमा नेपालको जलवायु विपद् र डिजिटल विभाजनको मुद्दा

ratopati.com · Thu Nov 12 11:33:44 UTC 2026

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले जलवायुजन्य विपद्बाट दूरसञ्चार पूर्वाधारको संरक्षण, डिजिटल विभाजन न्यूनीकरण तथा कृत्रिम बौद्धिकता (एआई)लगायतका उदीयमान प्रविधिमा समान पहुँच सुनिश्चित गर्न अन्तरराष्ट्रिय सहयोग विस्तार गर्नुपर्नेमा जोड दिएका छन् ।

कतारको दोहामा जारी अन्तरराष्ट्रिय दूरसञ्चार सङ्घ (आइटियु) को विश्व दूरसञ्चार नीति मञ्च (पीपी–२६) मा नेपालको राष्ट्रिय नीति वक्तव्य प्रस्तुत गर्दै उनले विकासोन्मुख तथा अल्पविकसित मुलुकलाई डिजिटल रूपान्तरणको प्रक्रियामा पछाडि पर्न नदिन लक्षित प्राविधिक सहायता, प्रविधि हस्तान्तरण तथा सहुलियतपूर्ण वित्तीय सहयोग आवश्यक रहेको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)