कोप–३१ मा हिमाली मुद्दा ओझेलमा
deshsanchar.com · Thu Nov 12 10:15:22 UTC 2026

टर्कियेको अन्टाल्या सहरमा सम्पन्न कोप–३१ सम्मेलनमा नेपालले उठाएको हिमाली एजेन्डाले अपेक्षित सफलता प्राप्त गर्न सकेन । परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार ठूला वार्ता समूहहरूको पर्याप्त समर्थन जुटाउन नसक्दा नेपाल, भुटान र किर्गिजस्तानले संयुक्त रूपमा अघि सारेको प्रस्तावले औपचारिक मान्यता पाउन सकेन । जलवायु परिवर्तनका कारण सबैभन्दा गम्भीर असर भोगिरहेका हिमाली क्षेत्रका मुद्दालाई अन्तर्राष्ट्रिय जलवायु वार्ताको केन्द्रमा लैजाने प्रयास सफल नभएसँगै एउटा महत्वपूर्ण प्रश्न पुनः उठेको छ, आखिर हिमालको संकट किन अझै विश्वको प्राथमिक एजेन्डा बन्न सकेको छैन ?
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)