मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

जासुसी विवादपछि अमेरिकी प्रतिबन्ध थप कडा हुने त्रास

ratopati.com · Thu Nov 12 12:15:00 UTC 2026

बेइजिङ । अमेरिकी सेमिकन्डक्टर कम्पनी ‘एनभिडिया’का प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङसँग जोडिएको जासुसी विवादपछि अमेरिकाले चीनमाथि प्रविधि प्रतिबन्ध थप कडा बनाउन सक्ने आशंका चुलिएको छ । यससँगै चिनियाँ एआई कम्पनीहरू एनभिडियाका शक्तिशाली चिप र तिनको कम्प्युटिङ क्षमता सुरक्षित गर्न तीव्र दौडधुपमा लागेका छन् ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार, चिनियाँ एआई कम्पनीहरूले चीनबाहिर रहेका डेटा सेन्टरहरूमा जडान गरिएका एनभिडिया चिपको कम्प्युटिङ क्षमता भाडामा लिने प्रयासलाई तीव्र बनाएका छन् । यसका लागि केही चिनियाँ कम्पनीहरूले विदेशस्थित डेटा सेन्टर सञ्चालकहरूसँग सम्पर्क गरी आवश्यक क्षमता अग्रिम रूपमा सुरक्षित (रिजर्भ) राख्ने विषयमा छलफल अघि बढाएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)