सार्वजनिक स्थानमा अश्लील नृत्य गर्ने थप ३ जना नियन्त्रणमा
kendrabindu.com · Thu Nov 12 12:27:33 UTC 2026

काठमाडाैं । रुपन्देहीका विभिन्न स्थानहरूमा नेपाली मौलिक कला, संस्कृति, सामाजिक शिष्टाचार तथा नैतिकताको प्रतिकूल हुने गरी देउसी भैलो कार्यक्रममा अश्लील नृत्य प्रदर्शन गर्ने थप ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको प्रहरी टोलीले आज सिद्धार्थनगर नगरपालिका वडा नं. ७ कान्छीबजारबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा जिल्ला सल्यान कपुरकोट गाउँपालिका वडा नं. ४ बस्ने २२ वर्षीया पुजा ठकुरी, जिल्ला दाङ गढवा गाउँपालिका वडा नं. ७ बस्ने २३ की सपना चौधरी र जिल्ला गुल्मी सत्यवति गाउँपालिका वडा नं. ६ बस्ने २४ की बिपना मगर रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)