जलवायुजन्य विपद्ले दूरसञ्चार पूर्वाधारमा जोखिम बढाएको नेपालको भनाइ, डिजिटल विभाजन घटाउन अन्तर्राष्ट्रिय सहयोग माग
aarthiknews.com

काठमाडौं । नेपालले जलवायु परिवर्तनका कारण उत्पन्न हुने विपद्बाट दूरसञ्चार पूर्वाधारको संरक्षण र डिजिटल विभाजन न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको मुद्दा उठाएको छ । कतारको दोहामा जारी अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) को विश्व दूरसञ्चार नीति मञ्चमा नेपालले जलवायु प्रतिरोधी सञ्चार पूर्वाधार निर्माण तथा कृत्रिम बौद्धिकता (एआई) लगायतका नयाँ प्रविधिमा सबैको समान पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिएको हो ।
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मञ्चमा नेपालको राष्ट्रिय नीति वक्तव्य प्रस्तुत गर्दै विकासोन्मुख तथा अल्पविकसित मुलुकलाई डिजिटल रूपान्तरणमा पछाडि पर्न नदिन प्राविधिक सहायता, प्रविधि हस्तान्तरण र सहुलियतपूर्ण वित्तीय सहयोग आवश्यक रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)