मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रधानमन्त्री बालेनको छेउमै छ दानबहादुरको कार्यकक्ष, पत्र बुझे तर भएका छैनन् हाजिर

barnanmedia.com · Thu Nov 12 12:50:45 UTC 2026

सरकारले बहालवाला प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गरे पनि उनी जिम्मेवारी सम्हाल्न गएका छैनन् । नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका कार्की कात्तिक ३० गतेका लागि तोकिएको पेसीको आदेश पर्खिरहेका छन् ।

प्रधानमन्त्री बालेन शाहको सचिवालयले कार्कीका लागि प्रधानमन्त्रीको कार्यकक्षसँगै विशेष कार्यकक्ष तयार गरिसकेको जनाएको छ । कार्कीले नियुक्तिपत्र बुझिसके पनि अदालतबाट आफ्नो पक्षमा आदेश वा फैसला नआएसम्म नयाँ जिम्मेवारीमा नजाने उनीनिकट स्रोतको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)