मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

उद्योगमन्त्री साह र आन्ध्र प्रदेशका मुख्यमन्त्री नायडुबीच शिष्टाचार भेट

kendrabindu.com · Thu Nov 12 13:08:57 UTC 2026

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र भारतको आन्ध्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबु नायडुबीच आज भारतको विशाखापटनममा शिष्टाचार भेट भएको छ ।

विशाखापटनममा जारी सिआइआईको ३१औँ साझेदारी सम्मेलन, २०२६ मा सहभागी भएका मन्त्री साहले सम्मेलनलाई सम्बोधन गरेपछि मुख्यमन्त्री नायडुसँग भेट गरेका हुन् । भेटका क्रममा मन्त्री साहले नेपाल र आन्ध्र प्रदेशबीच द्विपक्षीय व्यापार अभिवृद्धि, लगानी प्रवर्द्धन तथा धार्मिक एवं आरोग्य पर्यटन विकासमा सहकार्य तथा आर्थिक साझेदारी विस्तार गर्नुपर्ने बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)