मन्त्री साह र आन्ध्र प्रदेशका मुख्यमन्त्री नायडुबीच भेट
canadanepal.com · Thu Nov 12 13:17:12 UTC 2026

काठमाडौं - उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र भारतको आन्ध्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबु नायडुबीच आज भारतको विशाखापटनममा शिष्टाचार भेटवार्ता भएको छ ।
विशाखापटनममा जारी भारतीय उद्योग परिसङ्घ (सीआईआई) को ३१औँ साझेदारी सम्मेलन–२०२६ मा सहभागी हुन पुगेका मन्त्री साहले सम्मेलनलाई सम्बोधन गरेपछि मुख्यमन्त्री नायडुसँग भेट गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)