मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

यूएईका लगानीकर्तालाई नेपालमा लगानी गर्न निवर्तमान अध्यक्ष ढकालको आग्रह

kathmandupati.com · Thu Nov 12 14:05:40 UTC 2026

काठमाण्डु – नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष तथा आईएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (यूएई) का लगानीकर्तालाई नेपालका विभिन्न सम्भावनायुक्त क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् ।

यूएईको रास अल खैमाहमा आयोजित ‘आरएके इन्भेस्टमेन्ट समिट २०२६’मा सहभागी हुन गएका निवर्तमान अध्यक्ष ढकालले बिहीबार दुबईमा यूएईका विदेश व्यापार मन्त्री डा. थानी बिन अहमद अल जेउदीसँग भेटवार्ता गर्दै यस्तो आग्रह गरे । भेटका क्रममा उनीहरूबिच नेपाल–यूएई द्विपक्षीय सम्बन्ध, व्यापार विस्तार तथा नेपालमा रहेका लगानीका अवसरका विविध पक्षमा छलफल भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)