दशगजामा दिनभर हात्तीको बथान, गाउँमा त्रास
nagariknews.nagariknetwork.com · Thu Nov 12 15:07:39 UTC 2026

मेचीनगर नगरपालिका–७ स्थित दशगजा क्षेत्रमा आज दिनभर १४ वटा जङ्गली हात्तीले आश्रय लिएपछि नेपालतर्फको गाउँमा त्रास फैलिएको छ । हात्तीले आश्रय लिएको दशगजा क्षेत्रको पूर्वतर्फको भारतीय भूभागमा सिसौ र टिकको विरुवा हुर्किएको झाडी छ । नेपालतर्फ सतिघट्टा, मेचीबस्ती, गैरीगाउँलगायतको बाक्लो मानव बस्ती छ ।
आज बिहानैदेखि दशगजा नजिकको झाडीमा साना बच्चासहितको हात्तीको बथान देखिएको प्रत्यक्षदर्शी जीआर धितालले बताए । उनले भने, “ती हात्ती दिनभर त्यहीँ बसेका छन् । यता गाउँ कुनै पनि बेला पस्लान् भन्ने डर भइसक्यो ।”
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)