मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

लुम्बिनी एनपिएलको प्लेआफमा, कर्णाली बाहिरिने सम्भावना बलियो

saralpatrika.com · Thu Nov 12 14:57:30 UTC 2026

काठमाडौँ। साबिक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गरेको छे। लुम्बिनी बिहीबार भएको खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराएर प्ले अफमा प्रवेश गरेको हो।

कर्णालीले दिएको १०६ रनको सामान्य लक्ष्य लुम्बिनीले २० बल बाँकी रहँदा ६ विकेटको क्षतिमा १०७ रन बनाएर भेटाएको हो। लुम्बिनीका लागि डी आर्की सर्टले सर्वाधिक ४६ रन जोडे। उनले ३४ बलको सामना गर्दै ६ चौका र एक छक्का प्रहार गरे। दिलीप नाथले अविजित रन जोडे।

स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)