मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

स्पेनमा देशव्यापी प्रदर्शन, ठाउँठाउँमा झडप र आगजनी

saralpatrika.com · Thu Nov 12 15:20:21 UTC 2026

म्याड्रिड। आवासको बढ्दो मूल्य र जीवनयापनको लागतविरुद्ध स्पेनभरि भएको देशव्यापी प्रदर्शनका क्रममा म्याड्रिड र बार्सिलोनामा प्रहरी तथा प्रदर्शनकारीबीच झडप भएको छ। झडप नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास र रबरका गोली प्रयोग गरेको छ। प्रदर्शनमा राजधानी म्याड्रिडमा करिब एक लाख २० हजार र बार्सिलोनामा ५० हजारभन्दा बढी सहभागी भएको अधिकारीहरूले बताएका छन्।

सन् २०१२ यताकै पहिलो राष्ट्रव्यापी २४ घण्टे हडतालका क्रममा लाखौँ मानिस सडकमा उत्रिएका थिए। प्रदर्शनका क्रममा मास्क र हुड लगाएका केही समूहले प्रहरीमाथि वस्तु प्रहार गर्नुका साथै आगजनी गरेका थिए। बार्सिलोनामा प्रहरीले १८ जनालाई पक्राउ गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)