परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेसबिच भेटवार्ता
gorkhapatraonline.com · Thu Nov 12 16:05:30 UTC 2026

परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्नुभएको छ। संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१ औँ सम्मेलन (कोप(३१) को अवसरमा तुर्कीए अन्ताल्यामा उहाँहरूबिच द्विपक्षीय भेटवार्ता भएको हो।
भेटको क्रममा परराष्ट्रमन्त्री खनालले हालैको जलवायुजन्य भोटेकोशी बाढीपछि नेपालप्रति समवेदना र ऐक्यबद्धता व्यक्त गर्नुभएकोमा महासचिव गुटेरेसप्रति हार्दिक आभार व्यक्त गर्नुभयो। उहाँले संयुक्त राष्ट्रसंघको नेतृत्व गर्दै बहुपक्षीयता, विश्व शान्ति, मानवीय गरिमा र दिगो विकासका लागि महासचिवको योगदानको प्रशंसा गर्नुभयो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)