विद्यालय सञ्चालन गर्न देउसीभैलोबाट जुट्यो दुई लाख
ratopati.com · Thu Nov 12 16:46:29 UTC 2026

हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिका–१ तुम्चस्थित देबल आधारभूत विद्यालयले तिहारको अवसरमा सञ्चालन गरेको देउसीभैलो कार्यक्रमबाट रु दुई लाख १७ हजार ५७५ सङ्कलन गरेको छ ।
विद्यालयको शैक्षिक विकास तथा प्रस्तावित माध्यमिक तह सञ्चालनका लागि आर्थिक स्रोत जुटाउने उद्देश्यले सञ्चालन गरिएको देउसीभैलो कार्यक्रमबाट जैर, छिडीनात्ता, लुम र तुम्च क्षेत्रबाट उक्त रकम सङ्कलन भएको विद्यालयका प्रधानाध्यापक मदन बुढाले बताए । उनका अनुसार देउसीभैलो कार्यक्रम औपचारिक रूपमा रोकिए पनि विभिन्न व्यक्ति तथा सहयोगदाताले अहिले पनि विद्यालयलाई आर्थिक सहयोग गरिरहेको बताए । विद्यालयको शैक्षिक उन्नति र माध्यमिक तह सञ्चालनका लागि सहयोग गर्न उनले सबैलाई अपिलसमेत गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)