मनसुनी प्रभाव बढ्दै, केही स्थानमा वर्षा
newsofnepal.com · Thu Jun 25 00:38:50 GMT 2026

काठमाडौँ ।
देशका विभिन्न क्षेत्रमा मनसुनी वायुको प्रभाव जारी रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस र बागमती प्रदेशका अधिकांश भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशका केही क्षेत्रमा मनसुन सक्रिय रहेको छ।
आज देशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको तराई तथा मधेस, बागमती र गण्डकी प्रदेशका तराईका केही स्थानमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ।
यता लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहर तथा बागमती र गण्डकीका केही तराई क्षेत्रमा तातो दिन रहने सम्भावना रहेको महाशाखाले जनाएको छ। रातिको समयमा पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा हुने सम्भावना छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)
मौसम