स्कटल्यान्डलाई ३-० ले पराजित गर्दै ब्राजिल बन्यो समूह विजेता
barnanmedia.com · Thu Jun 25 00:34:24 GMT 2026

फिफा विश्वकप- २०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्कटल्यान्डलाई पराजित गर्दै ब्राजिल समूह विजेता बनेको छ। यो जितपछि उसले सात अंक जोडेको छ।
स्कटल्यान्डलाई ३–० ले पराजित गर्दै ब्राजिल समूह ‘सी’को विजेता बनेको हो। यो जितसँगै ब्राजिल प्रतियोगिताको नकआउट चरण प्रवेश गरेको छ।
यो समूहबाट मोरक्को पनि सात अंकसहित दोस्रो स्थानमा छ।
मियामी स्टेडियममा भएको खेलमा ब्राजिलले पहिलो हाफमा दुई र दोस्रो हाफमा एक गोल गरेको हो। पहिलो हाफका दुवै गोल भिनिसियस जुनियरले गरेका हुन्।
उनले खेलको सातौँ मिनेटमा पहिलो र हाफ टाइमअघिको इन्ज्युरी समयको तेस्रो मिनेटमा दोस्रो गोल गरे।
त्यसैगरी ब्राजिलमा म्याथेस कुन्हाले ६० औँ मिनेटमा तेस्रो गोल गरे। यो हारसँगै स्कटल्यान्ड तीन अंकमै सीमित रह्यो।
अब उसको अर्को चरण पुग्ने सम्भावना कमजोर बनेको छ।
गएराति भएको खेलमा सहआयोजक क्यानडालाई २-१ गोलले पराजित गर्दै स्विट्जरल्यान्ड पनि समूह ‘बी’ को विजेता बनेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)