मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बन्दीपुरमा ६७ फिट अग्लो राष्ट्रिय झण्डासहितको पार्क निर्माण हुँदै

nepaltvonline.com · Fri Nov 13 00:20:19 UTC 2026

दमौली (तनहुँ)- तनहुँको बन्दीपुर गाउँपालिका–१ तल्लोटारमा ६७ फिट अग्लो राष्ट्रिय झण्डासहितको पर्यटकीय पार्क निर्माण गरिने भएको छ । पृथ्वीराजमार्ग नजिकै निर्माण गर्न लागिएको पार्कमा राखिने विशाल राष्ट्रिय झण्डा बिहीबार पहिलोपटक बन्दीपुर बजारमा प्रदर्शन गरिएको छ ।

पार्क निर्माण सम्पन्न भएपछि बन्दीपुरको पर्यटन प्रवर्द्धनसँगै पृथ्वीराजमार्ग भएर यात्रा गर्ने आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने लक्ष्य राखिएको निर्माण समितिले जनाएको छ । पोखरा र काठमाडौँबीच आवतजावत गर्ने यात्रुलाई लक्षित गरी राजमार्ग नजिकै नयाँ पर्यटकीय गन्तव्य विकास गर्न लागिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)