शुक्रबार विदेशी मुद्राको विनिमय दर कति ?
hamrakura.com · Fri Nov 13 00:00:00 UTC 2026

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार अमेरिकी डलर एकको खरिद दर १५० रुपैयाँ १८ पैसा र बिक्री दर १५० रुपैयाँ ७८ पैसा कायम भएको छ।
त्यसैगरी, युरोपियन युरो एकको खरिद दर १६६ रुपैयाँ ६० पैसा र बिक्री दर १६७ रुपैयाँ २७ पैसा तोकिएको छ भने युके पाउन्ड स्टर्लिङ एकको खरिद दर १९९ रुपैयाँ ३१ पैसा र बिक्री दर २०० रुपैयाँ ११ पैसा कायम गरिएको छ। स्विस फ्र्याङ्क एकको खरिद दर १८० रुपैयाँ ५६ पैसा र बिक्री दर १८१ रुपैयाँ २८ पैसा रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)