मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

कस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?

corporatenepal.com · Fri Nov 13 01:05:02 UTC 2026

काठमाडौं । नेपाली बजारमा अमेरिकी डलरको मूल्य बढेको छ भने युरो र बेलायती पाउन्डसहित अन्य प्रमुख विदेशी मुद्राको विनिमयदर घटेको छ। नेपाल राष्ट्र बैंकले शुक्रबार (कात्तिक २७) का लागि सार्वजनिक गरेको विनिमयदरअनुसार अमेरिकी डलरको खरिददर १४९ रुपियाँ ६१ पैसा र बिक्रीदर १५० रुपियाँ ७८ पैसा कायम भएको छ।

अघिल्लो दिन बिहीबार डलरको खरिददर १५० रुपियाँ १८ पैसा र बिक्रीदर १५० रुपियाँ २१ पैसा थियो। यस्तै, युरोपियन युरोको मूल्यमा पनि गिरावट आएको छ। आज एक युरोको खरिददर १६६ रुपियाँ ६० पैसा र बिक्रीदर १६७ रुपियाँ २७ पैसा निर्धारण गरिएको छ। बिहीबार यसको खरिददर १६६ रुपियाँ ६४ पैसा र बिक्रीदर १६७ रुपियाँ ३० पैसा थियो।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)