परराष्ट्रमन्त्री खनाल र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
kendrabindu.com · Fri Nov 13 01:25:38 UTC 2026

अन्ताल्या (टर्की) । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गरेका छन् । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) का अवसरमा तुर्कीए अन्ताल्यामा उनीहरुबीच आज द्विपक्षीय भेटवार्ता भएको हो ।
भेटका अवसरमा परराष्ट्रमन्त्री खनालले हालैको जलवायुजन्य भोटेकोशी बाढीपछि नेपालप्रति समवेदना र ऐक्यबद्धता व्यक्त गरेकाेमा महासचिव गुटेरेसप्रति हार्दिक आभार व्यक्त गरे । उनले संयुक्त राष्ट्रसङ्घको नेतृत्व गर्दै बहुपक्षीयता, विश्व शान्ति, मानवीय गरिमा र दिगो विकासका लागि महासचिव गुटेरेसले पुर्याएको योगदानको प्रशंसा गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)