मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मोटरसाइकल र स्कुटर ठोक्किँदा एक महिलाको मृत्यु, पाँच जना घाइते

bishowkhabar.com · Fri Nov 13 02:03:59 UTC 2026

काठमाडौं कैलालीको धनगढी उपमहानगरपालिका–१५ मा मोटरसाइकल र स्कुटर एकापसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । धनगढीबाट फूलबारीतर्फ गइरहेको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको स्कुटर बुधबार साँझ एकापसमा ठोक्किएका थिए । दुर्घटनामा गम्भीर घाइते भएकी धनगढी उपमहानगरपालिका–५ तारानगरकी ३५ वर्षीया सुशीला बमको उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता योगेन्द्र तिमिल्सिनाका अनुसार बमको धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचार भइरहेको थियो । दुर्घटनामा मोटरसाइकल चालक धनगढी–१४ का २६ वर्षीय प्रवीण चौधरी, उनकी २२ वर्षीया श्रीमती अञ्जली चौधरी र सात वर्षीया छोरी ममता चौधरी घाइते भएका छन् । त्यस्तै, स्कुटरमा सवार धनगढी–५ तारानगरका २४ वर्षीय सरोज मल्ल र २२ वर्षीया बविता मल्ल पनि घाइते भएका छन् । दुर्घटनामा घाइते पाँचै जनाको उपचार भइरहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)