मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

धनगढीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक महिलाको मृत्यु, पाँच घाइते

hamrakura.com · Fri Nov 13 00:00:00 UTC 2026

काठमाडौँ। कैलालीको धनगढी उपमहानगरपालिका–१५ मा मोटरसाइकल र स्कुटर एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन्।

धनगढीबाट फूलबारीतर्फ गइरहेको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको स्कुटर बुधबार साँझ ठोक्किँदा स्कुटरचालक धनगढी उपमहानगरपालिका–५ तारानगरकी ३५ वर्षीया सुशीला बमको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएकी बमको धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता योगेन्द्र तिमिल्सिनाले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)