यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
kendrabindu.com · Fri Nov 13 02:33:36 UTC 2026

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज कात्तिक २७ गते शुक्रबारका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार अघिल्लो दिन (बिहीबार) को तुलनामा आज अमेरिकी डलरको भाउ बढेको छ। आज अमेरिकी डलर १ को खरिददर १४९ रुपैयाँ ६१ पैसा छ भने बिक्रीदर १५० रुपैयाँ ७८ पैसा छ। हिजो बिहीबार अमेरिकी डलर १ को खरिददर १५० रुपैयाँ १८ पैसा र बिक्रीदर १५० रुपैयाँ २१ पैसा थियो।
अन्य विदेशी मुद्राको विनिमयदर भने लगातार दोस्रो दिन घटेको छ। आज युरो १ को खरिददर १६६ रुपैयाँ ६० पैसा छ भने बिक्रीदर १६७ रुपैया २७ पैसा छ। हिजो बिहीबार युरो १ को खरिददर १६६ रुपैयाँ ६४ पैसा र बिक्रीदर १६७ रुपैया ३० पैसा थियो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)