मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

धरानमा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ, ५ लाखबढी नगद बरामद

annapurnapost.com · Fri Nov 13 02:38:24 UTC 2026

सुनसरी : सुनसरीको धरानमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय धरानले बिहिवार राती धरान उपमहानगरपालिका–११ स्थित सेवालुङ चोकमा रहेको सन्जुहाङ लिम्बुको घरमा जुवातास खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको डिएसपी भीषणबाबू राईले बताएका छन्।

उनले पक्राउ परेका जुवाडेको साथबाट ५ लाख ९२ हजार ५ सय रुपैयाँ नगद, १२ थान मोबाईल र १२ बुङ तास बरामद गरिएको बताए। प्रहरी हवल्दार हेमराज सुवेदीको कमाण्डमा खटिएको टोलीले घरमा जुवातास खेलिरहेको अवस्थामा घरधनी सन्जुहाङ लिम्बुसहित ११ जनालाई पक्राउ गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)