मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सुदूरपश्चिममा बजेट विवाद अझै टुङ्गिएन, पूरक बजेट ल्याउने प्रक्रिया अलपत्र

ratopati.com · Fri Nov 13 02:44:54 UTC 2026

धनगढी । सुदूरपश्चिम प्रदेशसभाबाट चालु आर्थिक वर्षको बजेट पारित भएको करिब एक महिना पुग्न लाग्दा पनि त्यससँग जोडिएको विवाद समाधान हुन सकेको छैन। बजेटका कमजोरी सच्याउन पूरक बजेट ल्याउने सरकारको निर्णय कार्यान्वयन भएको छैन भने बजेट पारित गराउन गरिएको सहमतिअनुसार गठन हुनुपर्ने संसदीय अध्ययन समिति पनि अलपत्र परेको छ।

बजेट विवादको असर सरकारको नेतृत्व गरिरहेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भित्रै देखिन थालेको बताइएको छ। पार्टीका प्रदेशस्तरीय नेताहरूले सरकारको कार्यशैली र बजेट निर्माण प्रक्रियामाथि प्रश्न उठाउँदै समीक्षा गर्न माग गरेका छन्। केही नेताले सरकारको कामकारबाही नसुध्रिए नेतृत्व परिवर्तनसम्मको विकल्पमा जानुपर्ने धारणा राखेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)