मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

१३ मेगापिक्सेलको क्यामरा र ६५०० एमएएच ब्याट्रीसहित ‘भिभो वाई६के’ सार्वजनिक

ictsamachar.com

काठमाडौं । भिभोले आफ्नो पछिल्लो स्मार्टफोनको रूपमा ‘भिभो वाई६के’ सार्वजनिक गरेको छ । यस डिभाइसमा १२० हर्जको डिस्प्ले र ६५०० एमएएचको ब्याट्री दिइएको छ । यो मिडियाटेक डाइमेन्सिटी ६३०० चिपसेटद्वारा सञ्चालित छ र यसमा एन्ड्रोइड १६ प्रि-इन्स्टल गरिएको छ । फोनमा १३ मेगापिक्सेलको क्यामरा छ र यसले फास्ट चार्जिङलाई समर्थन गर्छ । यसलाई कम्पनीको बजेट स्मार्टफोन श्रेणी अन्तर्गत ल्याइएको हो ।

भिभो वाई६के (Vivo Y6k) कम्पनीको घरेलु बजारमा सार्वजनिक गरिएको छ । ६ जीबी र्‍याम र १२८ जीबी स्टोरेज भएको भेरियन्टको मूल्य १,५९९ युआन तोकिएको छ । यो निलो, सेतो र कालो गरी तीन रङहरूमा उपलब्ध छ । यो डिभाइस अहिले खरिदका लागि कम्पनीको आधिकारिक वेबसाइटमा राखिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)