फेरि ‘पिपली लाइभ’ याद आयो, आत्महत्या गर्ने किसानलाई सरकारले १ लाख दिने भनेपछि
onlinekhabar.com · Fri Nov 13 02:47:51 UTC 2026

रवि लामिछानेले भीमफेदी दुर्घटनामा ज्यान गुमाएका परिवारलाई ‘राहत रकम’ दिने कुरा उठाइरहँदा मलाई आमिर खानको फिल्म ‘पिपली लाइभ’ झल्झली याद आयो । सर्वसाधारणको जीवन भन्दा मृत्यु कसरी मूल्यवान बनाइदिन्छन् ? गरिबको नियतिमाथि राजनीतिले कति रसिलो खेल खेल्छन् ? कसरी उनीहरूको बाध्यतालाई आफ्नो लोकप्रियतामा बदल्छन् ? फिल्मले एकदमै चोटिलो ढंगले यही प्रश्नको उत्खनन गर्छ।
हचुवाको भरमा गरिने राजनीतिक निर्णयहरूले गरिब सर्वसाधारणको शरीरमा अक्सिजन भरिदिन्छन् कि रक्तचाप बढाउँछन् ?
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)