आस्था, निष्ठा र भक्तिको पर्व छठ सुरु
saralpatrika.com · Fri Nov 13 02:13:19 UTC 2026

महोत्तरी। दीपावली पर्व सकिएसँगै कात्तिक शुक्ल चतुर्थी अर्थात् आज छठ पर्व सुरु भएको छ। यस अवसरमा महोत्तरीसहित मिथिला क्षेत्रका गाउँबस्ती र बजारमा चहलपहल बढेको छ। यो पर्व चार दिन मनाइन्छ।
आस्था, निष्ठा र भक्तिको पर्व मानिने छठको तयारीस्वरूप मिथिला क्षेत्रका घरघरमा छठका गीत गुञ्जिन थालेका छन्। सूर्यदेव र षष्ठीदेवी (छठीमाता) को महिमा गाइने भक्तिगीतले मिथिलाको वातावरण छठमय बनेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)