मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मुन्दु गाउँ र सेरा जाेड्न झोलुङ्गे पुल निर्माण हुने

ratopati.com · Fri Nov 13 03:27:28 UTC 2026

मुगु । मुन्दु गाउँ र सेराको जोड्ने २५० मिटर लामो झोलुङ्गे पुल निर्माण हुने भएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले पुल निर्माणका लागि रु ३० लाख बजेट विनियोजन गरिएको बताए ।

हालै यहाँ स्थानीयसँग आयोजना गरिएको छलफलमा मुख्यमन्त्री शाहीले कोटिला र मुन्दु गाउँका बासिन्दालाई स्थानीय सडक मर्मतसम्भारसँगै धार्मिक र पर्यटकीय महत्वको ऋणमोक्ष धामसम्म पुग्ने बाटो पनि सुधार गरिने प्रतिबद्धता व्यक्त गर्दै पुल निर्माणको प्रक्रिया तत्काल प्रारम्भ गरिने बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)