मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

अमेरिकाको प्रतिष्ठित प्रेट्जेल ब्रान्ड आन्टी एन्स नेपालमा भित्रिँदै

lokaantar.com · Fri Nov 13 04:42:20 UTC 2026

सन् १९८८ मा संयुक्त राज्य अमेरिकामा स्थापना भएको प्रतिष्ठित अमेरिकी सफ्ट प्रेट्जेल ब्रान्ड आन्टी एन्सले २१ नोभेम्बर २०२६ मा काठमाडौंको बौद्धस्थित भाटभटेनी सुपरमार्केटमा आफ्नो पहिलो नेपाली आउटलेटको भव्य उद्घाटन गर्ने भएको छ।

अमेरिकी खाद्य संस्कृतिमा जरा गाडेको आन्टी एन्स ताजा बेक गरिएका, हातैले आकार दिइएका प्रेट्जेल र विशिष्ट ग्राहक अनुभवका लागि विश्वभर परिचित ब्रान्डका रूपमा विकसित भएको छ। नेपालमा यसको आगमनले अन्तर्राष्ट्रिय स्तरमा रुचाइएका खाद्य ब्रान्डहरू नेपाली बजारमा ल्याउने यात्रामा अर्को महत्त्वपूर्ण उपलब्धि थपेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)