राष्ट्र बैंकले माग्यो सहायकदेखि सहायक निर्देशकसम्म भारी संख्यामा कर्मचारी
corporatenepal.com · Fri Nov 13 04:56:32 UTC 2026

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न पदमा ६१ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ। बैंकले शुक्रबार (कात्तिक २७ गते) खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षामार्फत पदपूर्ति गर्ने गरी विज्ञापन प्रकाशित गरेको हो । बैंकले सार्वजनिक गरेको सूचनाअनुसार सहायक निर्देशक र सहायक पदमा कर्मचारी माग गरिएको छ। सबैभन्दा धेरै सहायक निर्देशक र सहायक पदमा २६–२६ जनाका लागि आवेदन खुलाइएको छ।
विज्ञापनअनुसार सहायक निर्देशक (खुला तथा समावेशी) पदमा २६ जना माग गरिएको छ। त्यस्तै, सहायक निर्देशक (लेखा/लेखापरीक्षण) पदमा ३ जना, सहायक निर्देशक (वाणिज्य कानुन) पदमा २ जना र सहायक निर्देशक (सूचना प्रविधि) पदमा ४ जनाका लागि दरखास्त आह्वान गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)