डिजिटल विभाजन अन्त्य गर्न आईटीयूको भूमिका महत्वपूर्ण : सञ्चारमन्त्री तिमिल्सिना
ictsamachar.com

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) को महासम्मेलनमा सहभागी भएर एक सातापछि आज (शुक्रबार) स्वदेश फर्किएका छन् । स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री तिमिल्सिनाले अन्तर्राष्ट्रिय दूरसञ्चार संघको महासम्मेलनमा नेपालले सक्रिय र महत्त्वपूर्ण सहभागिता जनाएको बताए ।
उनले करिब तीन हजार प्रतिनिधि सहभागी सम्मेलनमा आफूले नेपालको प्रतिनिधिमण्डल प्रमुखका रूपमा नीतिगत वक्तव्य प्रस्तुत गरेको जानकारी दिए । उनका अनुसार आईटीयूको प्लेनिपोटेन्सियरी सम्मेलनमा प्रत्येक सदस्य राष्ट्रले आफ्नो देशको आधिकारिक नीतिगत वक्तव्य प्रस्तुत गर्नुपर्ने व्यवस्था छ । सोहीअनुसार नेपालले पनि दूरसञ्चार तथा सूचना प्रविधि क्षेत्रको प्राथमिकता र भावी नीतिगत दिशासहितको वक्तव्य सम्मेलनमा पेस गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)