मोरङ केराबारीको जंगलमा अर्धनग्न अवस्थामा भेटियो महिलाको शव
nepalpress.com · Fri Nov 13 05:12:04 UTC 2026

विराटनगर । मोरङ केराबारीको जङ्गलमा महिलाको शव फेला परेको छ । केराबारी गाउँपालिका-२ फैबामा जंगलभित्र पार्वती लिम्बूको शव फेला परेको हो ।
जंगलभित्र महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले लिम्बूको शव अर्धनग्न अवस्थामा फेला परेको बताए । शरीरको कम्मरमुनिको भागमा कपडा छैन । तर, शरीरमा बाहिरी चोटपटक नदेखिएको एसपी कटवालको भनाइ छ । घटनास्थलमा कुनै शंकास्पद वस्तु पनि फेला नपरेको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)