मोरङको जङ्गलमा भेटियो महिलाको शव, हत्या वा अन्य कारणबारे अनुसन्धान जारी
kalakarmi.com · Fri Nov 13 05:34:18 UTC 2026

विराटनगर- मोरङको केराबारी गाउँपालिका–२ फैबास्थित जङ्गलमा एक महिलाको शव फेला परेको छ। स्थानीय पार्वती लिम्बूको शव जङ्गलभित्र अर्धनग्न अवस्थामा भेटिएको हो।
जङ्गलमा महिलाको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। घटनास्थल पुगेको प्रहरीले लिम्बूको शरीरको कम्मरमुनिको भागमा कपडा नभएको जनाएको छ। मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार शवमा बाहिरी चोटपटक देखिएको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)